दफा ९ख
पदस्थापन सम्बन्धी विशेष व्यवस्था
(१) यो दफा प्रारम्भ हुनु अघि स्तरवृद्धि वा तह मिलान भएका तर स्तरवृद्धि वा तह मिलान भएको पदमा ऐनको दफा १७ को उपदफा (३) बमोजिम पदस्थापना भइ नसकेका कर्मचारीको लागि मन्त्रालयले पूल दरबन्दी सृजना गरी सो पूल दरबन्दीमा त्यस्ता कर्मचारीलाई पदस्थापना गर्नेछ ।
(२) उपदफा (१) बमोजिम पूल दरबन्दीमा पदस्थापन भएका कर्मचारी माथिल्लो तह वा पदमा बढुवा वा स्तरवृद्धि भएमा वा जुनसुकै तरिकाबाट सेवामा नरहेमा त्यस्तो पद स्वतः खारेज हुनेछ ।
(३) यो दफा बमोजिम पदस्थापन भएको कुनै कर्मचारीले सो पदको लागि निर्धारित न्यूनतम शैक्षिक योग्यता वा मन्त्रालयले निर्धारण गरे बमोजिमको तालीम प्राप्त नगरेको भएमा त्यस्ता कर्मचारीलाई मन्त्रालयले निर्धारण गरे बमोजिमको तालीम उपलब्ध गराइनेछ ।
(४) यस दफा बमोजिम पदस्थापना भएका कर्मचारीको सरुवा यस्तै प्रकृतिको पूल दरबन्दीमा मात्र गरिनेछ ।